Logo

अर्थमन्त्रीलाई सांसद ढकालको आग्रह: बजेट कनिका जसरी नछरिदिनुहोला,कृपया एकीकृत गरिदिनु



काठमाडौं,१९ चैतथ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आगामी बजेटमा योजनाहरू कनिका छरेजस्तो नबनाइदिन आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘बजेट कनिका जसरी नछरिदिनुहोला । कृपया एकीकृत गरिदिनुहोला,’ उनले भने ।

स्थानीय तहको समन्वयमा मात्र योजनामा बजेट छुट्याउन र चिर्कटो मन्त्रालयमा आएको भरमा बजेट नदिन सांसद ढकालले आग्रह गरे ।

‘तपाईंका मन्त्रालयका चिर्कटाहरू स्थानीय निकायहरूको समन्वय नभएको योजनाहरू बजेटमा नपार्नुहोला । सरकार र मन्त्रीहरू सजग बन्नु आगामी दिनमा यसलाई निरन्तरता नदिइयोस्,’ उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्