Logo

बागमतीमा जम्कट्टेलपछि थपलिया र खनाल पालैपालो मुख्यमन्त्री बन्ने



काठमाडौं,१९ चैत । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीबीच आलोपालको मुख्यमज्त्री लिने सहमति भएको छ ।

विश्वासको मत दिन सरकारमा आलोपालोको शर्त राखेको एकीकृत समाजवादीले सोमबार केन्द्रमा सहमति भएपछि विश्वासको मत दिने भएको हो ।

मुख्यमन्त्री शालीकराम जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मकत लिँदैछन् । सत्ता समीकरण फेरिएपछि अप्ठ्यारोमा परेका जम्कट्टेललाई विश्वासको मत दिनुअघि एकीकृत समाजवादीले मुख्यमन्त्रीमा आलोपालोको शर्त राखेको थियो ।

लिखित सहमति नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने अडान लिएको समाजवादी अन्ततः बागमतीमा पनि नयाँ गठबन्धनमा मिसिन तयार भएको हो। पार्टी केन्द्रले तेस्रो पटक विश्वासको मत लिन लागेका मुख्मन्त्री जम्कट्टेलको पक्षमा मत दिन निर्देशन दिएको हो।

१ सय १० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ । बागमतीमा नेपाली काग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ । राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेशसभाबाट आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठमा तेस्रो पटक विश्वासको मत लिँदै छन्। उनले हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई सरकारमा सहभागी गराएर विस्वासको मत लिने वातावरण तयार पारेका हुन् । २०७९ पौषमा प्रदेशका ७० सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले त्यतीबेला प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिएका थिए । गत फागुन २३ गते सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । बागमतीमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र हाम्रो नेपाली पार्टीको नयाँ सत्ता समिकरण बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot