Logo

‘सक्नेले यहाँ जे पनि गर्नुपर्छ, सुन भित्र्याउनुपर्छ सहकारी रित्याउनुपर्छ’



राज्य, राजनीति र राजस्व
जागेका जनताको सर्वस्व
जब यस आर्दशमा विषयान्तर आउँछ
सर्वत्र गोलमाल हुन्छ
चरम बेथितिले शीर उठाउँछ
चरम बेथितिले हाकाहाकी भन्छ
सुन भित्र्याउनुपर्छ
सहकारी रित्याउनुपर्छ
पचाउनुपर्छ अनुदान
कुम्ल्याउनुपर्छ कमिसन
अख्तियार खल्तिमा खाँद्नुपर्छ
अदालत मुठ्ठीमा पार्नुपर्छ
निष्ठाको लोडसेडिङ हानेर
सेटिङ नै सेटिङ हानेर
जनता जुट्न नदिन
इमानलाई उठ्न नदिन
सक्नेले यहाँ जे पनि गर्नुपर्छ ।

(प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद दयालबहादुर शाहीले सुनाएको कविताको अंश)



प्रतिक्रिया दिनुहोस्

Screenshot