Logo

हानेपाकी खड्गी ‘सुत्केरी बिदा’ र एसकी सांसद आले काठमाडौंमै रहेपछि जम्कट्टेल संकटमा



काठमाडौं,१९ चैत । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि आह्वान गरिएको बागमती प्रदेश सभाको बैठक अनिश्चित बनेको छ ।

दिउँसो १ बजेका लागि आह्वान गरिउको बैठकमा २ सांसद नगएपछि बैठक अनिश्चित बनेको हो । प्रदेश सभा सदस्यहरु सरिता खड्गी र रमा आले बैठकमा गएका छैनन् । हानेपाकी सांसद खड्गी सुत्केरी बिदामा बसेकी छन् भने नेकपा एकीकृत समाजवादीकी सांसद आले काठमाडौंमै रहेकी छन् ।

प्रदेशसभा बैठकमा सहभागी हुन एकीकृत समाजवादीकी एक सांसद भने नगएपछि बैठक सुरु हुन ढिलाइ भएको छ । खड्कीका साथै समाजवादीकी रमा आले मगर समेत अनुपस्थित भएमा सत्ता गठबन्धनलाई विश्वासको मतका लागि बहुमत पुग्दैन ।

 सय १० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ । बागमतीमा नेपाली काग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ । राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेशसभाबाट आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठमा तेस्रो पटक विश्वासको मत लिँदै छन्। उनले हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई सरकारमा सहभागी गराएर विस्वासको मत लिने वातावरण तयार पारेका हुन् । २०७९ पौषमा प्रदेशका ७० सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले त्यतीबेला प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिएका थिए । गत फागुन २३ गते सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । बागमतीमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र हाम्रो नेपाली पार्टीको नयाँ सत्ता समिकरण बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot