Logo

रेशम चौधरीले व्यक्तिगत स्वार्थ राखेर सुदूर सरकार टिकाउन खोज्नुभयोः रामलाल डगौरा



काठमाडौं, १९ चैत । टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारुले पछिल्लो समय संघीय सरकारमा समीकरण परिवर्तन भएसँगै नागरिक उन्मुक्ति पार्टीमा विवाद झनै चुलिएको बताएका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरुको अडान जनताको म्यानडेडअनुसार सरकारमा सहभागी भएर ०८४ मा नाउपालाई राष्ट्रिय पार्टी बनाउने भएपनि रेशमलाल चौधरीले व्यक्तिगत स्वार्थ राखेर सुदूरपश्चिम सरकारमात्रै सहभागी हुन खोजेको बताए ।

‘पछिल्लो चरणमा अहिले समीकरण परिवर्तन भएको छ । त्यो समीकरणलाई मध्यनजर गर्दै हामी सुदूरपश्चिममा जुन किसिमको म्यान्डेट जनताले दिनुभएको छ, जुम्बिनी प्रदेशमा जुन किसिमको दिनुभएको छ, संघमा दिनु भएको छ ।’ उनले भने, ‘त्यही म्यानटेडअनुसार अहिलेको नयाँ गठबन्धनको समीकरण सत्तामा जानुपर्छ भन्ने कुरा केन्द्रीय समिति बैठकमा हामीले अगाडि बढाइराखेका छौं । यसलाई हाम्रो संरक्षकज्यूले मान्नुभएको छैन । हाम्रो विवाद देखिएको छ । महाधिवेशन निर्वाचन आयोगले अवैध भनेपछि फेरि त्यहाँ पनि विवाद आएको छ ।’

आफूहरुले नाउपालाई राष्ट्रिय पार्टी बनाउने कोशिस गर्दा रेशम चौधरीले सुदूरपश्चिम सरकारको विषयलाई लिएर समस्या सिर्जना गरेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्