Logo

उपचुनावको उम्मेदवार छान्नुअघि देउवाले डाके शीर्ष नेतालाई बुढानीलकण्ठ



काठमाडौं,१९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् । आसन्न उपनिर्वाचनबारे छलफल गर्न आज दिउँसो ४ बजेपछि आफ्नै निजि निवास बुढानीलकण्ठमा शीर्ष नेतालाई बोलाएका हुन् ।

उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, कोशीका सभापति उद्धव थापा र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर सभापति देउवाले बुढानीलकण्ठ बोलाएका हुन् ।

आगामी वैशाख १५ गते इलाम २ र बझाङ प्रदेश सभा ख मा उपनिर्वाचन हुँदैछ । इलाममा ६ जना र बझाङमा १० जनाको नाम सिफारिस भएको छ । कांग्रेसको कार्यसम्पादन समितिको बैठक भोलि बस्दैछ । भोलिको बैठकले उम्मेदवार टुंगो लगाउनेछ । कांग्रेसले इलाममा डम्बर खड्का र बझाङ अभिषेक सिंहलाई टिकट दिने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot