Logo

रञ्जिताले फेरि जेल पठाउन खोजेको भन्दै रेशम त्रशित



काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफूलाई जसरी पनि जेल पठाउन पर्छ भन्ने पक्षहरु सक्रिय भएको प्रतिक्रिया दिएका छन् । पार्टी केन्द्रीय कार्यालय अनामनगरमा आज विहान नाउपाको केन्द्रीय समिति बैठक थियो । सो क्रममा पार्टीका संस्थापक केन्द्रीय समस्य रमेश विश्वकर्मामाथि हातपात भएको थियो । विश्वकर्मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी निकट नेता मानिन्छन् । आफूमाथि हातपात भएपछि विश्वकर्माले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी रेशम चौधरीले ज्यान मार्ने धम्की दिएको खुलासा गरेका थिए ।

नेता विश्वकर्माले उक्त कुरा खुलासा गरेसँगै रेशमले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टीको बैठकमा कसले कसलाई हातपात गर्‍यो ? ज्यान मार्ने धम्कि कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडी हामी लाग्दैनौँ । अनावश्यक हो( हल्लाको पछि नलागौँ । चैत २३ र २४ हुने केन्द्रिय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन पहिचान बादीहरुको साझा आवाज हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot