Logo

बागमती प्रदेश सभामा सांसद गोसाईँको प्रश्नः ‘हामी ‘अप्रिल फुल’ त मनाइरहेका छैनौं ?’



काठमाडौं, १९ चैत । नेपाल मजदुर किसान पार्टीका नेता एवं बागमती प्रदेश सभा सुरेन्द्रराज गोसाइँले आफूहरुलाई आज अप्रिल फस्ट (ढाँट्ने दिवस) मनाइरहेको हो कि जस्तो भान भएको बताएका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने क्रममा प्रदेशसभालाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले मुर्ख बनाउने भन्दा अर्को काम नगरेको बताए ।

‘शासक दलका नेताहरुको कुरा सुन्दा कतै हामी ढटुवा दिवस त मनाइरहेका छैनौं ? भन्ने लागिरहेको छ । मुर्ख बनाउने, उल्लु बनाउने, ढाँट्ने, फेरि पनि ढाँट्ने । शासक दलहरुबाट त्या खाल्को प्रवृत्ति र चरित्र नदोहोर्याओस्,’– उनले भने ।

प्रदेश सरकारको काम, कारबाहीबाट जनता उदासिन भएको उनले बताए । जनताको चासोको विषयमा काम नगरेर प्रदेश सरकारले सत्तालाई मात्रै चासो दिएको उनले बताए । जनताले मन्त्रीहरुको मुखै हेर्न नचाहेको उनले बताए ।

नेपालको राजनीतिबाट नेमकिपा पृथक रहेको उनले बताए । नेमकिपाले यस पटक पनि विश्वासको मतको पक्षमा मतदान नगर्ने उनले प्रष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot