Logo

प्रधानमन्त्री र प्रहरी प्रमुखले गृहमन्त्रीको बचाउ गर्दा छानविन प्रभावित भयोः पूर्वमन्त्री महत



काठमाडौं, २० चैत । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री र प्रहरी प्रमुखले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दा छानविन प्रभावित भएको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माथिल्लो निकायको हस्तक्षेत्रका कारण प्रहरीले गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगी प्रकारणमा निश्पक्ष छानविन हुन नसक्ने बताएका हुन् । उनले उक्त प्रकरण छानविनका लागि संसदीय समिति बन्नुपर्ने बताए । उनले कांग्रेसले संसदीय समितिको माग लगातार संसद्मा उठाइराखेको र अझैं पनि सरकार यस विषयमा गम्भीर नभए अब धेरै कुर्न नसकिने उनको भनाइ छ ।

‘आफैंले पहिले नै घोषणा गर्ने कि केही पनि भएको छैन । प्रधानमन्त्रीले, गृहमन्त्रीले र प्रहरी प्रमुखले केही पनि भएको छैन भनेपछि त्यो भन्दा तलको निकाय प्रहरीले कहाँबाट छानविन गर्छ ? स्पष्ट छ, त्यहाँ केही भएको छ । प्रमाणहरु छन् । संसदीय समितिले छानविन गर्यो भने त्यो निस्किन्छ भन्ने उहाँहरुलाई लागिरहेको छ । कांग्रेसको बटमलाइन संसदीय समिति हो । समितिले जे निश्कर्ष निकाल्छ, त्यसलाई हामी स्वीकार गर्छौं,’– उनले भने ।

धेरै विधेयकहरु प्रस्तुत हुने क्रममा रहेकाले कांग्रेसले उक्त कुरालाई ध्यानमा राखेर सकभर संसद अवरोध नगरौं भन्ने मनस्थिति बनाएको उनको दाबी छ । सरकारले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानविन गर्न समिति बनाउने कुरालाई गम्भीरताको साथ नलिएको खण्डमा धेरै समय कांग्रेस चुप लागेर नबस्ने उनको चेतावनी छ । संसदीय समिति बनाउन प्रधानमन्त्री स्वयंले हिचकिचाएको उनको दाबी छ ।

सत्तामा जानका लागि कांग्रेसले संसदीय समितिको आवाज नउठाएको र उक्त मुद्दाबाट व्याकसमेत नहुने उनको भनाइ छ । प्रधानमन्त्री र प्रहरी प्रमुखले गृहमन्त्री लामिछानेको बचाउमा बोलेपछि छानविन प्रभावित भएको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot