Logo

‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर’



काठमाडौं,२० चैत । विभिन्न माग लिएर संघीय राजधानी काठमाडौं आएका धरानका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था लागू गर्न माग गर्दै एकल रुपमा प्रदर्शनीमा उत्रिएका छन् ।

उनले ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर ।’ लेखिएको ब्यानर बोकेको तस्बिरमा फेसबुकमा हालेका छन् ।

काठमाडौं आएको मौकामा उनले आज बिहानै सडक किनारमा एक्लै उभिएर प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा वकालत गरेका हुन् ।

साम्पाङले काठमाडौंमा आएर गृह, अर्थ, शिक्षा, भूमि व्यवस्था, महिला बालबालिका लगायतका मन्त्रीहरुसँग भेटघाट गरिसकेका छन् । उनले आज बिहान राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई पनि भेटेका छन् ।



प्रतिक्रिया दिनुहोस्