Logo

बागमतीमा गत वर्ष ‘धोका’ पाएका ३ सहित एमालेका ४ मन्त्री नियुक्त हुँदै



काठमाडौं,२० चैत । सोमबार विश्वासको मत लिएका बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेलेल आज मन्त्रिपरिषद् लाई पूर्णता दिने भएका छन् । जम्कट्टेलेले आज सत्तारुढ नेकपा एमालेका ४ जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने तयारी गरको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रकबाश श्रेष्ठ पहिलो पटक मन्त्री बन्न लागेका हुन् भने बाँकी ३ जना गत वर्ष २ महिनाका लागि मन्त्री बनेका थिए । एमालेबाट यसअघि संसदीय दलका नेता जगन्नाथ थपलिया अर्थमन्त्रीको रुपमा सरकारमा सामेल भईसकेका छन् । श्रेष्ठबाहे हरु सबै जना गत वर्ष धोका पाएका मन्त्री हरु हुन ।

ललितापुरबाट निर्वाचित सांसद रामेश्वर श्रेष्ठ यसअघि पनि स्वास्थ्य मन्त्रालय थिए । काठमाडौंका पोखरेल पोख्रेल कृषि तथा पशुपन्छी विकासमन्त्री र मकवानपुरका एकालाल श्रम, रोजगार तथा यातायातमन्त्री थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot