काठमाडौं,२० चैत । कर्णाली प्रदेश सभाको बैठक बस्नुअघि बस्ने भनिएको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
बिहान ११ बजेका लागि बोलाईएको बैठकमा दलहरुबीच कुरा नमिलेपछि सारिएको हो। कर्णालीको मुख्यमन्त्री केन्द्रको सहमति अनुसार एमालेको भागमा परेको थियो । तर, मुख्यमन्त्री राजकुमार शर्माले केन्द्रको निर्णय नमान्ने भन्दै आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेपछि अन्यौलता सिर्जना भएको छ ।
सत्ता समीकरण फेरिएपछि फागुन २२ मा नेपाली कांग्रेस सरकारबाट बाहिरएपछि शर्मा नेतृत्वको सरकार अल्पमतमा रहेको छ ।
आज दिउँसो तीन बजे विश्वासको मत लिने प्रयोजनका लागि संसद् बैठक बोलाइएको छ । केन्द्रको समीकरण बदलिएसँगै सरकारका सहभागी नेपाली कांग्रेस गत फागुन २२ गते सरकारबाट बाहिरिएको थियो ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरूप मुख्यमन्त्री शर्माले आज चोथो पटक विश्वासको मत लिन लागेका थिए ।
यद्यपि केन्द्रीय सत्तारुढ गठबन्धनले कर्णाली एमालेको भागमा पारेपछि मुख्यमन्त्री शर्माले राजीनामा दिएर एमालेलाई नेतृत्व हस्तान्तरण गर्न माओवादी नेताहरूले नै दबाब दिइरहेका छन् ।