Logo

सबै किसिमका समस्याको समाधान समाजवादबाट सम्भव छः विप्लव



काठमाडौं, २० चैत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले नेपालमा देखिएको सबै किसिमको समस्या समाधान गर्न समाजवादबाट सम्भव रहेको बताएका छन् । समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवाद आवश्यकता र सम्भावनाको परिणाम भएको बताए ।

अहिले नेपालमा सुकुमबासी, गरिब, किसानका समस्या चरम ढंगले अगाडि आइरहेको बताए । माओवादी जनयुद्धबाट उपलब्धी हाँसिल भएको कुरा साँचो भएपनि चुप लागेर बस्ने अवस्था नरहेको उनको भनाइ छ ।

समाजवादी यात्रामा अगाडि बढ्दा नेपालमा निराशामात्रै नभएर सम्भावना पनि रहेको बताए । सबै प्रकारको निराशा चिर्न समाजवादको बाटोमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ । राज्य जनताको राज्यमा रुपान्तरित नभइसकेको उनको बुझाइ छ । समाजवादी गणतन्त्र आजको नेपालको समाधान रहेको उनको दाबी छ ।

समाजवादको यात्रामा अगाडि बढेर यथास्थितिमा क्रमभंग गर्न जरुरी रहेको उनले बताए । क्रमभंग गर्दै जनतातिर फर्कनुपर्ने उनले बताए ।

समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ कि भन्ने हल्ला चलिरहेको स्मरण गराउँदै उनले त्यस कुरामा कुनै पनि सत्यता नरहेको बताए । अहिले नेपालको जनता इतिहासमा सबैभन्दा बढी सोच्नका लागि स्वतन्त्र रहेका उनको दाबी छ । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्