Logo

माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ



काठमाडौं,२० चैत । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोग लागेका पूर्व कमाण्डर तथा नेकपा माओवादी केन्द्रका नेता कालिबहादुर खाम पक्राउ परेका छन् । उनी आज काठमाडौंबाट पक्राउ परेका हुन् ।

खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् ।

उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवनको शक्तिखोर पु¥याएर हत्या गरेको खाममाथि आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot