Logo

नेपालले दियो बरोडालाई १५७ रनको मध्यम लक्ष्य



काठमाडौं,२० चैत । भारतमा जारी त्रिकोणात्मक एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडालाई १५७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन जोड्यो ।

नेपालका लागि कुशल मल्लले नटआउट ४० तथा दीपेन्द्रसिंह ऐरीले अभिजित ५ रन जोडे । अनिल शाहले २५, कप्तान रोहित पौडेलले १८, सन्दीप जोराले २९, गुल्सन झाले १३, तथा ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखले समान ९ रन जोडे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot