Logo

पक्राउ परेका माओवादी नेता खामलाई आजै चितवन लगिने



काठमाडौं, २० चैत । हत्या अभियोगमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खामलाई आजै चितवन पठाइने भएको छ । आज (मंगलबार) उनी काठमाडौंको ठमेलबाट पक्राउ परेका थिए । उनीमाथि काठमाडौं–३२ कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न रहेको आरोप छ ।

विगत १५ वर्षदेखि फरार सूचीमा हरेको खामलाई आज प्रहरीले पक्राउ गरेको थियो । खामसहितको टोलीले श्रेष्ठलाई उनको निवास कोटेश्वरबाट अपहरण गरी चितवनमा पुर्याइ हत्या गरेका बताइएको छ । मृतक श्रेष्ठको शव २०६५ वैशाख २८ मा नारायणी नदीमा भेटिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot