Logo

राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे



काठमाडौं, २० चैत । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिने भएका छन् । प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि उनले पदबाट राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री पाण्डेले भोलि (बुधबार) राजीनामा दिने तयारी रहेको बताइएको छ ।

मुख्यमन्त्री पाण्डेले आज नेपाली कांग्रेसका सांसदहरुसँग छलफल गरेका थिए । केन्द्र सरकारमा आएको उलटफेरसँगै माओवादीले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा छन् । मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदैगर्दा गण्डकीमा संविधानको धारा १६८ उपधारा २ अनुसार सरकार बन्ने अवस्था छैन । यसरी सरकार नबन्दा सोही धारोको उपधारा ३ अनुसार सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ । पाण्डे उपधारा ३ को सरकारको नेतृत्व गर्ने मनस्थितिमा राजीनामा दिन तयार भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot