Logo

कांग्रेस सांसदको प्रश्नः यो देश कस्ले चलाउँछ, सरकार कि दलालले ?



काठमाडौं,२१ चैत । नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले त्रिविको लापरबाहीले नतिजा आउने बेला विद्यार्थीले फेरि परीक्षा दिनपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बुधबार बसेको प्रतिनिधि सधा बैठकमा त्रिविले चरम लापरबाही गरेको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुने । सांसद यादवले यो देशको सरकार कस्ले चलाउँछ भन्दै प्रश्नसमेत गरिन् ।

‘यो देशको सरकार कसले चलाईरहेको छ ? । सरकारले हो कि खाली दलालले नै चलाईरहेको छ ’ उनले भनिन् । यदि सरकारले चलाउँछ भने हाम्रो देशमा पटक पटक नानाथरीको काण्ड किन दोहोरिन्छ । भखैरै त्रिविमा नतिजा कुरिरहेका विद्यार्थीले फेरि परीक्षा दिनुपर्ने भएको छ । यस्तो पनि हुन्छ । कहीँ ? ’



प्रतिक्रिया दिनुहोस्

Screenshot