Logo

माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक जारी



काठमाडौं,२१ चैत । मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिने कि विश्वासको मत लिने भन्नेबारेमा निर्णय गर्न माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि सत्ता हस्तान्तरण गर्न माओवादी तयार भए पनि एमालेले नमानेको माओवादी नेताहरू बताउँछन् । केन्द्रमा सत्ता समीकरण बदलिएपछि कर्णाली सरकारको नेतृत्व एमालेले लिने गठबन्धन दलहरूबीच सहमति भएको छ ।

तर उक्त सहमति कार्यान्वयनमा गर्न मुख्यमन्त्री शर्मा तयार छैनन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन विपरीत विश्वासको मत लिने मुख्यमन्त्री शर्माको तयारी छ ।

केन्द्रीय गठबन्धनको भावना अनुरुप सत्ता हस्तान्तरण गर्नुपर्ने एमालेको माग छ भने माओवादीले सत्ता छाड्न नसकिने बताउँदै आएको छ । आजको बैठकले सो बारेमा निर्णय लिनेछ ।

मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि बोलाईएको कर्णाली प्रदेश सभाको बैठक दिउँसो ३ बजे बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot