काठमाडौं, २१ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट हराएको उत्तरपुस्तिकाका बारेमा छानविन गर्न समिति बनेको बताएकी छन् । त्रिविले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय कोड नं. ४२२ र शिक्षाशास्त्र संकाय तर्फको शिक्षाको आधार विषय कोड नं.४१२ का उत्तरपुस्तिका हराएको थियो ।
‘उत्तरपुस्तिका हराएको केसमा एउटा समिति बनेको छ । त्यो समितिले छानविन गर्दैछ । र त्रिविका दुई वटा ऐनमा टेकेर त्यसमा कारबाही गर्न सकिने छ,’– प्रतिनिधि सभामा मन्त्रालयमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा उनले भनिन् । Photo By: Mukunda Kalikote/RN