Logo

आयरल्याण्ड ‘ए’ ले दिएको सामान्य लक्ष्य पछ्याएको नेपाल ‘ए’ लाई संकट, ५६ रन जोड्दा गुम्यो ६ विकेट



काठमाडौं,२१ चैत । तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत आयरल्याण्ड ए विरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपाल ए ले लगातार ६ विकेट गुमाएको छ ।

१५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ए ले २ ओभरमा ५ विकेट गुमाएको हो । नेपाल ए ले ५।१ ओभरमा लियाम म्याककार्थीको बलमा देव खनाललाई गुमाएको थियो ।

पहिलो विकेटका रुपमा आउट भएका उनी २६ रनमा क्याच आउट भएका थिए । ५ ओभरको अन्तिम बलमा फेरि लियाम म्याककार्थीको बलमा अर्जुन कुमाल पनि आउट भए । उनले १४ बलमा केवल ४ रन मात्र जोड्न सके ।

६।१ ओभरमा म्याथ्यू हम्फ्रेजको बलमा भीम सार्की शून्य रनमै गोल्डेन डकआउट भए । ६ ओभरको अन्तिम बलमा म्याथ्यू हम्फ्रेजको बलमा आरिफ शेख पनि शून्य रनमै आउट भएका छन् । ७।४ ओभरमा ४ रन जोडेर खेलिरहेका अर्जुज साउद पनि लियाम म्याककार्थीको बलमा आउट भएपछि नेपालले ४५ रनमा ५ विकेट गुमाएको हो।

ताजा अवस्थामा खेलको ९ ओभर सकिँदासम्म ५ विकेट गुमाएर ५१ रन जोडेको छ । नेपालको क्रिजमा अहिले कप्तान विनोद भण्डारी र वसिर अहमद रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्