काठमाडौं, २१ चैत । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले यसपालीको सबै बजेट पुरानो सडकको पुनर्निर्माण र सडक सुरक्षामा खर्च गर्ने प्रबन्ध मिलाउन माग गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पञ्चायत कालमा निर्माण भएका सडकहरु अहिलेसम्म पुनर्निर्माण नहुँदा दैनिक दुर्घटना बढेको भन्दै सरकारको ध्यानाकार्षण गराएका हुन् । उनले सडक बोर्डमा पैसा भएपनि उपयोग हुन नसकेको बताए ।
‘सडक दुर्घटनाको कारक तत्व सरकार हो । सरकारले निर्माण गरेको सडक हो । निर्माण गर्दाखेरी प्राविधिक त्रुटी भएको छ । सेफ्टीमा ध्यान नै दिइएको छैन,’– उनले भने ।
साथै, क्षमताभन्दा बढी यात्रु बोक्दा पनि सवारी दुर्घटना हुने गरेको उनको भनाइ छ । File Photo/RN