काठमाडौं,२१ चैत । एकदिवसीय क्रिकेटअन्तर्गत आयरल्याण्ड ए विरुद्धको खेलमा नेपाल ए ले लज्जास्पद हार ब्यहोरेको छ । आज भएको खेलमा नेपाल ए आयरल्याण्ड ए सँग २१ रनले पराजित भयो ।
आयरल्याण्ड ए ले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५।३ ओभरमा १३६ रनमा अलआउट भयो ।
नेपालले छैटौं ओभरमा ओपनर देव खनाललाई २६ रनमा गुमाउँदा स्कोर ३५-१ को स्थितिमा थियो । उनले २२ बलमा ४ चौकासहित २६ रन जोडे । तर त्यसपछि लगातार विकेट पतन हुँदा नेपाल ‘ए’ ५६-६ को दयनीय स्थितिमा पुग्यो ।
त्यसपछि अर्जुन कुमाल ९, भीम सार्की गोल्डेन डक आउट, आरिफ शेख शून्य, अर्जुन साउद ४ र विनोद भण्डारी ९ रनमा आउट भए । कमल सिंह ऐरी ६ रन जोड्दै आउट हुँदा नेपाल ७८-७ को स्थितिमा पुग्यो ।
बसिर अहमद २१ बलमा २० रन जोडेर पेभेलियन फर्किए । साहब आलमले त्यसपछि ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरेर ३७ रन जोड्दै आउट भए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको वल्भ्स ३९ औं ओभरमा मात्र १ सय ५७ रन जोडेर अलआउट भयो । कमलले अन्तिम ३ विकेट ह्याट्रिकसहित कुल ४ विकेट लिएपनि त्यो छायाँमा पर्यो ।