Logo

उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन देउवालाई सकसः बुढानीलकण्ठमा बैठक जारी



काठमाडौं, २१ चैत । नेपाली कांग्रेसलाई आसन्न उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सकस भएको छ । उपननिर्वाचनको उम्मेदवार टुङ्ग्याउन विगत केही दिनदेखि निरन्तर बैठक बसिरहेको कांग्रेसले अहिलेसम्म निश्कर्ष निकाल्न सकेको छैन ।

आज पनि बुढानीलकण्ठमा बैठक सुरु भएको छ । इलाम–२ का लागि उम्मेदवार चयन कांग्रेसका लागि थप पेचिलो बनेको छ । इलाम–२ बाट उम्मेदवारको आकांक्षी डम्बर खड्का, भेषराज आचार्य र नगेन्द्र कुमाल रहेका छन् । संस्थापनइत्तर पक्षले भेषराजको पक्षमा लविङ गरिरहेको छ भने सभापति शेरबहादुर देउवा खड्कालाई नै उम्मेदवार बनाउन चाहन्छन् ।

यसरी दुवै पक्षले आफ्नो अडान नछाड्दा मध्यमार्गी उम्मेदवार कुमाल हुनसक्ने सम्भावना बढेर गएको छ । अन्य दलहरुले उम्मेदवार टुङ्ग्याएर भोट माग्न गाउँ–गाउँ उम्मेदवार पुगिसकेका छन् । कांग्रेसले भने अहिलेसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।

आगामी वैशाख १५ मा इलाम—२ र बझाङ– १ (क) मा उपनिर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot