Logo

उपनिर्वाचनः कांग्रेसले उम्मेदवार टुङ्ग्याउनै सकेन, बैठक आज पनि निश्कर्षविहीन



काठमाडौं, २१ चैत । आसन्न उपनिर्वाचनका लागि नेपाली कांग्रेसलाई उम्मेदवार टुङ्ग्याउन सकस भएको छ । तीन दिनदेखि उम्मेदवार टुङ्ग्याउन कांग्रेसले आन्तरिक गृहकार्य गरिरहेको भएपनि सबै बैठक निश्कर्षविहीन बन्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा उम्मेदवार टुंगो लगाउन आज बसेको बैठक पनि निश्कर्षविहीन बनेको छ ।

आज दिउँसो ३ बजेदेखि ६ बजेसम्म उम्मेदवार टुंग्याउन गृहकार्य भएपनि अन्ततः सहमति जुट्न सकेन । बैठक भोलि विहान ९ बजे पुनः बस्ने गरी स्थगित भएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

इलाम–२ मा सभापति देउवा डम्बर खड्कालाई उम्मेदवार बनाउन चाहन्छन् । तर, संस्थापनइत्तर समूहले भने भेषराज आचार्यलाई अगाडि सारेको छ । आचार्य र खड्का कसलाई उम्मेदवार बनाउने भन्ने विषयले अहिले कांग्रेसमा द्वन्द्व सिर्जना भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot