Logo

महानगरपालिकाका निलम्बित स्वास्थ्य विभाग प्रमुख पौडेल पक्राउ, बालेनको चरित्र हत्या गरेको आरोप



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन् ।

मेयर बालेन शाहविरुद्ध फेसबुकमा अर्बौं पैसाको हिसाब मागेका उनलाई आज प्रहरीले पक्राउ गरेको हो ।

महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यररत रामप्र्रसाद पौडेल पक्राउ परेका हुन् ।

साइबर अपराधमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएका पौडेल फरार प्रतिवादी थिए । उनलाई प्रहरीले अनुसन्धानका शिलशिलामा ब्यूरोले पहिला पनि समातेको थिए । त्यो बेला जिल्ला अदालतको आदेशमा रिहा भएका पौडेल मुद्दा दायर भएपछि पुनः पक्राउ परेका हुन् ।

मेयर बालेनले नियुक्ति गरेका १६६ जना र निजहरुले २ वर्षमा खाएको करिब १ अर्ब फिर्ता गर्नुपर्छ भनेर लेखेका थिए । यी लगायत विषयमा उनीमाथि साइबर अपराधमा मुद्दा दायर गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्