काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
आज बसेको बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।
वैशाख १५ मा हुने उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ। गत वर्षको निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग खड्का पराजित भएका थिए ।
इलाम २ का लागि कांग्रेसबाट भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस भएको थियो।
सिफारिस भएकामध्ये खड्काको पक्षमा संस्थापन एकढिक्का हुँदा अर्का आकांक्षी आचार्य पाखा लागेका छन् । आचार्यलाई उम्मेदवार बनाउन दुई महामन्त्री र संस्थापन इतर समूहले निक्कै जोडवल गरेपनि अन्तत देउवाको नै जित भएको छ ।