Logo

नाउपाका २ सहित ३ सांसद काठमाडौंमै बसेपछि राजीनामा दिँदै सुदूरका मुख्यमन्त्री शाह



काठमाडौं,२२ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबमहादुर शाहले पदबाट राजीनामा दिने भएका छन् । विश्वासको मत नपाउने निश्चित भएपछि प्रदेश सभालाई सम्बोधन गरेर उनले आज राजीनामा दिन लागेका हुन् ।

शाहले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाईएको थियो । तर, विश्वासको मत नपाउने भएपछि सम्बोधनको तयारी गर्न भन्दै प्रदेश सभाको बैठक साँझ ५ बजेसम्म सारिएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघिनै तीव्र विवादमा फसेका नागरिक उन्मुक्रि पार्टी (नाउपा) का २ सहित प्रदेश सभाका तीन जना सांसद काठमाडौंमै रहेका छन् ।

नाउपाका सांसददद्ध कैलाश चौधरी र टीका थापासँगै स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी पनि राजधानीमै रहेका छन् । उनीहरु आज प्रदेश राजधानी नजाने भएका छ्न ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा), स्वतन्त्र सांसद डा. तारा जोशी र राप्रपाकी सांसद खिमा देवी बिष्टको समर्थनले मात्रै मुख्यमन्त्री शाहले सुविधाजनक विश्वासको मत पाउँछन् । तर नाउपाको विवादले नाउपाका सांसद कैलाश चौधरी, टीका थापा विश्वासको मत नदिने पक्षमा उभिएका छन् ।

विश्वासको मत दिने पक्षमा उभिएकी रेशम चौधरी पक्षीय नाउपा सांसद इन्दिरा गिरीलाई यसअघि नै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पदमुक्त गरेकी छिन् । जुनकारण मुख्यमन्त्री शाहलाई आवश्यक विश्वासको मत नपुग्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस्