Logo

अन्ततः सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पनि राजीनामा दिने



काठमाडौं, २२ चैत । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादु शाहले पदबाट राजीनामा दिने भएका छन् । प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि उनले राजीनामा दिने तयारी गरेका हुन् ।

मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यतालिका थियो । ३ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । मुख्यमन्त्री शाहले आज नै प्रदेश प्रमुख नजीर मियाँलाई राजीनामा बुझाउने तयारी गरेको बताइएको छ ।

मुख्यमन्त्री शाहले अहिले आकस्मिक दलको बैठक बोलाएर छलफल गरिरहेका छन् । दलको बैठकबाट निर्णय गरेर प्रदेश प्रमुख मियाँलाई राजीनामा बुझाउन जाने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्