Logo

मेरा जुँगा कालाकाला भए, कपाल पलाउन थालेको छ, २० वर्षजति नेतृत्वका लागि कसैले आस नगर्नू: केपी ओली



काठमाडौं,२३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब २० वर्ष पार्टीको नेतृत्वका लागि आस नगर्न नेताहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार एमाले कास्कीका नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको शपथ गराउँदै ओलीले आफ्नो जुँगा काला काला हुँदै गएको र झरेको कपालपनि पलाउन लागेको भन्दै आफू २० वर्ष सक्रिय राजनीति गर्ने बताए ।

उनले भने‘कसैले एमालेबिनाको नेपाल भने कठै बरै । माया लाग्छ एमालेबिनाको नेपाल । कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । मैले पोहोर परार भनेको थिए । जुँगा कालाकाला भएका छन् । मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफैले पलाउन थालेको छ । अस्ति नै मैले भने २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot