Logo

नाउपाका संरक्षक रेशम चौधरीले बोलाएको बैठक जारी, रञ्जिता पक्षधरलाई कारबाही गर्ने तयारी



काठमाडौं, २३ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आह्वान गरेको बैठक सुरु भएको छ । आज (शुक्रबार) अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले भने उक्त बैठक पार्टीको आधिकारिक बैठक नभएको दाबी गर्दै आएकी छन् ।

निर्वाचन आयोगले नाउपाको प्रथम महाधिवेशनलाई वैधता नदिएर पुरानै कार्य समिति ब्युँत्याइदिएको थियो । आयोगले अस्वीकार गरे पनि रेशमले भने अध्यक्षकै हैसियतमा बैठक बोलाएका छन् । साथै, रञ्जिता पक्षधर सांसदहरुलाई कारबाही गर्ने रेशमको तयारी छ । रेशमले सार्वजनिक रुपमै २३ र २४ गते बस्ने बैठकले पार्टी शुद्धीकरण गर्ने बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot