Logo

राप्रपालाई ‘राष्ट्रवादी’ को दर्जा दिँदै गुरुङसँग ओलीले भने: गण्डकीमा मिलेर जाउँ, केन्द्रमा म मिलाउँछु



काठमाडौं,२३ चैत । नेकपा एमोलका अध्यक्ष केपी शर्मा अ‍ोलीले राप्रपाका गण्डकी प्रदेशस्तरीय नेताहरुसँग भेटघाट गरेका छन् । गण्डकी प्रदेश सरकार बनाउन र गिराउन निर्णायक बनेको राप्रपालाई फकाउने उदेश्यका साथ अ‍ोलीले आज राप्रपाका नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

एमाले कास्कीका पदाधिकारीलाई शपथ ग्रहण गराउन कास्कीको पोखरा पुगेका पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले राप्रपा प्रदेश संसदीय दलका नेता पञ्चराम गुरुङसँग भेटेर प्रदेश सरकारमा मिलेर जाने प्रस्ताव राखेका हुन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि नयाँ सरकार बनाउन प्रदेश प्रमुखले चैत २७ गतेसम्म बहुमत जुटाएर सरकारमा दावी पेश गर्न समय दिएका छ्न ।

सत्ता गठबन्धनमा जुटेको सहमति अनुसार गण्डकीमा मुख्यमन्त्री एमालेको भागमा परेको छ । एमालेको भागमा परेको मुख्यमन्त्रीमा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी मुख्यमन्त्रीको दौडमा छन् । तर, राप्रपाको साथ बिना प्रदेश सरकार बन्ने अवस्था रहेको छैन् ।

राप्रपाबिना एमालेको नेतृत्वमा सरकार नबन्ने निश्चित रहेपछि अ‍ोलीले राप्रपाका नेतासँग छलफल थालेका हुन् ।

लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टमा करिब ३० मिनेट भेटवार्तामा ओलीले बगतमा पनि एमाले र राप्रपाबीच सहकार्य भएको स्मरणन गराउँदै फेरि सहकार्य गर्न आग्रह गरेका थिए । उनले राप्रपालाई एमालेजस्तै राष्ट्रवादी पार्टीको दर्जा दिँदै प्रदेशमा मिलेर जाउँ केन्द्रमा म मिलाउँछु भनेका थिए । जवाफमा गुरुङले आफू केन्द्रको निर्देशन अनुसार अघि बढ्ने भन्दै केन्द्रले जे निर्णय गर्छ आफू न्यहि अनुसार चल्ने बताउँदै राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई मनाउन आग्रह गरेका थिए । ओलीले लिङ्देनसँग पनि केरा गरिरहेको जानकारी गराएका छन् ।

६० सदस्य रहेको गण्डकी प्रदेश सभाा सरकार बनाउन ३१ मत चाहिन्छ। गण्डकीमा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८ राप्रपाको २ र स्वतन्त्र चुनाव जितेर नेकपा एकिकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे सांसद छन्।

माओवादीबाट सभामुख बनेका कृष्ण धितालले सरकार बनाउन मत दिन पाउँदैनन्। यसले गर्दा एमाले र माओवादीको मात्र २९ मत पुग्छ। राप्रपाले साथ दिएको खण्डमा ३१ मत पुग्छ।



प्रतिक्रिया दिनुहोस्