Logo

जुगल हिमालको पहिलो आरोहण हुँदै, तीन नेपाली र सात दक्षिण कोरियाली आरोही सहभागी हुने



काठमाडौं, २३ चैत । नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा जुगल हिमालको पहिलो आरोहण हुने भएको छ । नेपाल पर्वतारोहन संघ, नेपाल पर्यटन बोर्ड र जुगल गाउँपालिकाको पहलमा नेपाल र दक्षिण कोरियाको संयुक्त टोली यही चैत्र २४ गते सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित जुगल हिमालको पहिलो आरोहणका लागि प्रस्थान गर्ने भएका हुन् ।

आरोहण टोलीमा तीन जना नेपाली र सात जना दक्षिण कोरियाली आरोहीहरु सहभागी हुनेछन् । सरकारले २८ चैत २०७९ मा सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहणका लागि खुला गरेको थियो । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot