काठमाडौं, २४ चैत । सुनसरीको पाँच वटा पालिकामा आज पनि कर्फ्यु जारी रहेको छ । दुई समूहबीचको विवादलाई लिएर भएको विवादपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू जारी गरेको थियो ।
कर्फ्यू जारी भएका भू–भागमा शुक्रबार दिनभर तनावग्रस्त रहेपनि आज भने उक्त क्षेत्र शान्त देखिएको छ । अहिले सर्वदलीय बैठक बसेर कर्फ्यू खुलाउने बारे छलफल भइरहेको छ ।
फेसबुकमा राखेको भिडियोको विषयलाई लिएर हरिनगर गाउँपालिका– १ भुटाहामा विहीबार एक युवकमाथि कुटपिट भएको थियो । उक्त कुटपिटपछि हिन्दु र मुसलमान समुदायबीच द्वन्द्व सुरु भएको थियो ।