काठमाडौं, २४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम तथा रोजगारमन्त्री डिपी अर्यालले इलामका जनताको मुहारमा खुसी ल्याउनका लागि आफ्नो पार्टीले उपनिर्वाचनमा उम्मेदवार दिएको बताएका छन् । मन्त्री अर्याल उम्मेदवार मिलन लिम्बूको मनोनयनपत्र दर्ताका क्रममा आज इलाम आएका थिए ।
उनले इलामको समृद्धि र विकासका लागि पनि युवा उम्मेदवारलाई जिताउन आग्रह गरे । इलाम–२ मा विभिन्न पार्टीका नेताहरूले आफ्नो पार्टीलाई जिताउन आग्रहसहित घरदैलो गरेर जनतासमक्ष मत मागिरहेका छन् ।