Logo

खगराजलाई मुख्यमन्त्री नियुक्त गरे अदालत जाने कांग्रेसको चेतावनी



काठमाडौं,२५ चैत । गण्डकी प्रदेशमा नयाँ सरकार गठन नहुँदै विवाद सुरु भएको छ । प्रदेश प्रमुख समक्ष नेकपा एमालेका नेता खगराज अधिकारीले मुख्यमन्त्रीको दाबी पेश गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको हो ।

अधिकारीले आज माओवादीबाट निर्वाचित सभामुख कृष्ण धितालसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेसले विरोध जनाएको हो । कांग्रेसले सभामुखको समर्थनला अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पत्रसमेत बुझाएका छन् । कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बलमिच्याईं गरेमा आफू कानूनी लडाईंमा जाने पनि चेतावनी दिएका छन् ।

‘म आफुलाई जानकारी हुन आएअनुसार प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षर भनिएको उक्त दाबी पत्रमा दलको नेताले हस्ताक्षर गरेको भन्ने बुझिएको छ। प्रदेश सभाका प्रत्येक संदस्यहरुको फरक प्रयोजनका लागि लिइएको पुरानो हस्ताक्षर दुरुपयोग गरिएको भनी स्वयम: केही प्रदेश सभा सदस्यहरुले भनेको अवस्था छ। समर्थन गरिएको भनिएको हस्ताक्षरको आधिकारिक खनाखत बेगर मुख्यमन्त्रीको नियुक्ति आधिकारीक मान्न सकिँदैन र म निवेदक सनाखतपछि मात्रै कामकारबाही अघि बढाइयोस् भन्ने माग गर्दछु,’ उनले भनेका छन्।

अधिकारीले आइतबार एमाले, माओवादी र स्वतन्त्र एक सांसदको गरि ३१ जनाको हस्ताक्षरसहित प्रमुख प्रमुखलाई दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयका अनुसार अधिकारीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । अधिकारीले एमाले, माओवादी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन लिएर दाबी पेस गरेका हुन् । कांग्रेसले सभामुखले राजीनामा नदिई हस्ताक्षर दिन नमल्ने बताएको छ ।



प्रतिक्रिया दिनुहोस्