काठमाडौं,२५ चैत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै सानो आकारमा मन्त्री नियुक्त गर्ने भएका छन् । ।
दिउँसो साढे ३ बजे शपथको तयारी गरेका मुख्यमन्त्री अधिकारीले आफूसँगै दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका हुन् । उनले नेकपा माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।
मनाङे गण्डकी प्रदेशमा पाचौ पटक मन्त्री बन्दैछन् । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारमा २ पटक मन्त्री भएका उनी कृष्णचन्द्र नेपाली पोखरेल र सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा पनि मन्त्री नै थिए । संघीयता लागू भएपछि हरेक प्रदेश सरकारमा मन्त्री बन्ने उनी एक्ला सासद हुन् ।
माओवादीले नाम टुंगो लगाउन छलफल गरिरहेको छ ।