Logo

गण्डकीमा मुख्यमन्त्री अधिकारीसँगै चुमान र मनाङेले पनि मन्त्रीको शपथ खाने



काठमाडौं,२५ चैत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै २ जनालाई मन्त्री नियुक्त गर्ने भएका छन् ।

अधिकारीले आज माओवादी केनद्रका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेले मन्त्रीको शपथ लिन लागेका हुन् । उनीहरु बिना विभागीय मन्त्रीको रुपमा सामेल हुनेछन् ।

मुख्यमन्त्रीका आकांक्षी रहेका चुमान तेस्रो पटक मन्त्री बन्दैछन् । गत वर्ष खगराज सरकारमै मन्त्री रहेका उनी त्यसअघि पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा कानूनमन्त्री थिए ।

यता पाँचौ पटक मन्त्री नियुक्त हुन लागेका मनाङे भने हरेक पटकको सरकारमा मन्त्री बन्दै आएका छन् । गुरुङ सरकारमा २ पटक मन्त्री भएका उनी सुरेन्द्र राज पाण्डे र कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारमा पनि मन्त्री थिए ।



प्रतिक्रिया दिनुहोस्