Logo

सात बुँदे ज्ञापनपत्र लिएर आज पनि बालुवाटार पुगिन् रञ्जिता



काठमाडौं, २५ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएका छन् । आज बालुवाटार पुगेर उनीहरुको टिमले प्रधानमन्त्री प्रचण्डलाई टीकापुरको विकासका लागि प्रधानमन्त्री प्रचण्डलाई सात बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञपानपत्र बुझाउने कार्यक्रममा टीकापुरका मेयर रामलाल डगौरा पनि सहभागी थिए । उनीहरुले टीकापुरको विकासका लागि आवश्यक पूर्वाधार तयार गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।

उनीहरुले टीकापुर नगरपालिकामा स्मार्ट सिटी निर्माण, सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण, टीकापुरमा विमानस्थल सञ्चालन, पथरैयामा पक्की पुल निर्माण, ढल निकास, बाहिरी चक्रपथ निर्माणलगायतको माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot