Logo

सुनसरी आज पनि अशान्त, कर्फ्यू कायमै



काठमाडौं, २५ चैत । सुनसरीका विभिन्न स्थानीय तहमा आज पनि कर्फ्यू जारी रहेको छ । विगत तीन दिनदेखि जारी रहेको प्रदर्शन नरोकिएपछि कर्फ्यू जारी राखिएको हो । सामाजिक सञ्जालमा अपलोड गरिएको एक भिडिओलाई लिएर हिन्दु र मुसलमान समुदायबीच झडप भएको थियो ।

हरिनगरा गाउँपालिकामा एक समूहले स्थानीय जीवन मेहतालाई मरनासन्न हुनेगरी कुटपिट गरेका थिए । उक्त झडपपछि सुरक्षा संवेदनशीलतालाई मध्येजनर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न पाँच वटा पालिकामा कर्फ्यू लगाएको थियो ।

जिप्रका सुनसरीले हिजो सर्वदलीय बैठक राखेर दुवै पक्षबीच सहमति गराएको थियो । सहमतिपछि पनि स्थिति नियन्त्रणमा लिन कर्फ्यू कायमै राखिएको छ ।

हाल सुनसरीको इनरुवा नगरपालिका क्षेत्र, देवानगंज गाउँपालिका वडा नं. २,३,४,५ र ६, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र, कोशी गाउँपालिका क्षेत्रमा बेलुका ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ । त्यस्तै जिल्लाको हरिनगर गाउँपालिका क्षेत्र र देवानगंज गाउँपालिका वडा नं.१ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू कायमै राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot