काठमाडौं, २५ चैत । न्याय परिषद्ले नवनियुक्त १० जिल्ला न्यायाधीशहरुको पदस्थापन गरेको छ । परिषद्ले आज (आइतबार) नवनियुक्त न्यायधीशहरु अर्जुप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराज पाण्डे, शिवबहादुर थापा, महेन्द्र बहादुर कार्की, दीपक घिमिरे र फणेश्वरी घिमिरेको पदस्थापन गरेको हो ।
गत चैत २२ गते बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।
को कहाँ पदस्थापन भए ?
अर्जुप्रसाद कोइराला– जिल्ला अदालत धनुषा
नरेन्द्रबहादुर बुढा– जिल्ला अदालत बारा
जीवनकुमार भण्डारी– जिल्ला अदालत सर्लाही
मुकुन्द आचार्य– जिल्ला अदालत पर्सा
विमला रेग्मी– जिल्ला अदालत रौतहट
पुष्पराज पाण्डे– जिल्ला अदालत सिराहा
शिवबहादुर थापा– जिल्ला अदालत कपिलवस्तु
महेन्द्र बहादुर कार्की–काठमाडौं जिल्ला अदालत
दीपक घिमिरे– बाँके जिल्ला अदालत
फणेश्वरी घिमिरे– महोत्तरी जिल्ला अदालत