Logo

इलाम-२ मा डकेन्द्रसिंह थेगिमलाई जिताउन जसपाको आव्हान



काठमाडौं, २६ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालले इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन आव्हान गरेको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् पार्टीका कोशी प्रदेश समिति इन्चार्ज रकम चेम्जोङले थेगिमलाई जिताउन तन, मन र धनले सहयोग गर्न आव्हान गरेका हुन् ।

थेगिम पहिचान र अधिकारवादी व्यक्तित्व, स्वतन्त्र तथा साझा उम्मेदवार भएको भन्दै नेता चेम्जोङले प्रदेशअन्तर्गतका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई अनुरोध गरेका छन् । पार्टीको कोसी प्रदेश समितिले निर्वाचनमा परिचालन हुन पार्टीपंक्तिलाई सर्कुलर गरेको छ ।

जसपाले पहिचान पक्षधर उम्मेदवारलाई जिताउन आफ्नो उम्मेदवार नउठाइ थेगिमलाई समर्थन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्