Logo

काठमाडौंमा घोडे जात्राको रौनक (फोटोफिचर)



काठमाडौं, २६ चैत । काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी घोडे जात्रा पर्व मनाइएको छ । आज (सोमबार) नेपाली सेनाले टुँडिखेलमा अश्वकला, शारीरिक व्यायाम, युद्धकलालगायतका कौशलता प्रदर्शन गर्दै घोडेजात्रा मनाएको हो ।

उक्त कार्यक्रमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने परम्परा छ । टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको धार्मिक विश्वास छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्