काठमाडौं, २७ चैत । नेकपा (माओवादी केन्द्र) ले बझाङ–१ (क) मा हुने उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने भएको छ । बझाङ–१ (क) मा माओवादीले जनक बुढालाई उम्मेदवार बनाएपनि आज उम्मेदवारी फिर्ता लिइने भएको छ । माओवादीले एमालेका उम्मेदवार दमन भण्डारीलाई सघाउने भएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका माओवादीका अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा जनक बुढाले उम्मेदवारी फिर्ता लिन लागेका हुन् । आगामी वैशाख १५ मा बझाङ–१ (क) मा प्रदेश सभा सदस्य र इलाम–२ मा प्रतिनिधि सभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ ।