Logo

इलाम-२ को उपनिर्वाचनमा परिवार दलले सुहाङलाई समर्थन गर्ने



काठमाडौं । आसन्न इलाम २ उपनिर्वाचनका वाम गठबन्धनका साझा उम्मेदवार रहेका नेकपा एमालेका नेता सुहाङ नेम्वाङलाई नेपाल परिवार दलले पनि समर्थन गर्ने निर्णय गरेको छ ।

सो पार्टीका वरिष्ठ उपाध्यक्ष तथा कोशी प्रदेश संयोजक विनोद डाँगीले आज र्एक विज्ञप्ति जारी गर्दै एमाले उम्मेदवारलाई समर्थन गरेको जानकारी गराएका छन् ।

२०८१ साल वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उप–निर्वाचनमा सघाउन दलका केन्द्रीय सहमहामन्त्री एवम् संविधान सभा सदस्य मिलन राजवंशीको नेतृत्वमा एक टोली इलाम पठाउने तयारी गरेको परिवार दलले जनाएको छ ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल भने एमालेबाटै प्रतिनिधि सभामा सांसद रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot