Logo

रविको विरुद्ध खरो उत्रिन आफ्ना सांसदहरुलाई देउवाको निर्देशन



काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध खरो उत्रिन आफ्नो सांसदहरुलाई निर्देशन दिएका छन् ।

आज (मंगलबार) बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध बलियो प्रमाण रहेको दाबीसहित उनले यस्तो निर्देशन दिएका हुन् । देउवाले तथ्य र प्रमाणसहित बोल्न सांसदहरूलाई आग्रह गरेका छन् ।

कांग्रेसले. सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको विरोध गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्