Logo

सत्तापक्ष र प्रतिपक्ष टसमस नभएपछि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित



काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि ११ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ।

आज बिहान बसेको बैठकमा सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो ।

सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरे पनि कुरा मिल्न नसकेपछि बैठक स्थगित भएको हो।



प्रतिक्रिया दिनुहोस्