Logo

राप्रपाको प्रदर्शनमा जे देखियो (तस्बिरहरू)



काठमाडौं,२७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ।

विभिन्न ठाउँबाट र्‍यालीसहित आएको टोली प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेका हुन्।

सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै राप्रपाले प्रदर्शन गरेको हो।

राप्रपाको प्रदर्शन प्रदर्शनीमार्ग, भद्रकाली, सिंहदरबार अगाडिलगायत क्षेत्रमा केन्द्रित छ।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गरेको हो ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ । त्यसैले राप्रपाले आजको प्रदर्शनलाई ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मुख्य नारा दिएको छ ।



प्रतिक्रिया दिनुहोस्