Logo

उपनिर्वाचनः पहिचानवादीका साझा उम्मेदवार थेगिमले पाए मुढा चुनाव चिन्ह



काठमाडौं, २७ चैत । इलाम–२ को उपनिर्वाचनमा पहिचानवादीहरुको तर्फबाट साझा उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले मुढा चुनाव चिन्ह पाएका छन् । इलाम– २ मा १२ जना दल गत र ७ जना स्वतन्त्र उम्मेदवार छन् ।

अन्य स्वतन्त्र उम्मेदवारहरु अर्जुनबहादुर शाहीले डोजर, डाकप्रसाद गौतमले महिला, दिपेश बोहोराले सिरिन्ज, मनोज निरौलाले माछा, योगेन्द्र गुरुङले कैंची र राज बस्यालले जुँगासहितको अनुहार चुनाव चिन्ह पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot