Logo

उपाध्यक्ष नपाएको एकीकृत समाजवादीले पनि एमाले उम्मेदवारलाई मत दिने



काठमाडौं,२८ चैत । राष्ट्रिय सभा उपाध्यक्षमा एमालेले उठाएको विमला घिमिरेलाई नै एकीकृत समाजवादीले मत दिने भएको छ ।

एकीकृत समाजवादीका शीर्ष नेताबीच भएको छलफलमा सत्ता गठबन्धनको उम्मेदवार भएको कारणले घिमिरेलाई नै मत दिने निर्णय भएको एक नेताले जानकारी दिए ।

राष्ट्रिय सभा उपाध्यक्षमा आज निर्वाचन हुँदैछ । उपाध्यक्षमा एमालेकी घिमिरे र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गरेका छन् । एकीकृत समाजवादीले पनि उपाध्यक्षमा सशक्त दावी गरेको थियो । तर, एमालेले यसअघिनै उम्मेदवारको टुंगो लगाएपछि समाजवादी पछि हटेको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा सत्ता गठबन्धनको ३९ मत रहेको छ । बहुमत रहेको कारण घिमिरे उपाध्यक्षमा निर्वाचित हुने निश्चित रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot